Relief Fund For Leeza Adhikari
जेनजी आन्दोलनमा पाखुरामा गोली लागेर ट्रमा अस्पतालमा लामो उपचारपछि डिस्चार्ज भएकी जेनजी लिजा अधिकारी
Leeza Adhikariत्यसपछि अहिले सम्म निरन्तर चोटको पिडामा छटपटिरहेकी छन्। उनलाई नेपालमा १० महिनाको उपचार पछि पनि निको हुने लक्षण नरहेकोले र दिल्ली AIIMS मा गएर ढिला नगरी उपचार गराउनुपर्ने टिचिंग अस्पतालले सिफारिस गरेको छ। लिजाले जेनजी आन्दोलन अघि प्राईभेट कम्पनीमा जागिर गरेर आमा र आफूलाई पालिरहेकी थिईन्। घरमा कमाउने एक मात्र युवा नै यसरी थलो परेपछि उनको र परिवारको जीवन झन कष्टकर बन्दै गएको छ।
कूल उपचार खर्च ४० लाखसम्म लाग्ने अनुमान गरिएको छ। लिजासंग अहिलेसम्म Rs 665k मात्र डोनेशन प्राप्त भएको छ। आवश्यक रकम जुट्नासाथ उनी दिल्ली जानेछिन्।
थप उपचारमा ढिला हुन गएमा पूरै हात काट्नुपर्ने हुन सक्छ भनिएको छ। तर उनको परिवारमा उपचार गराउन सक्ने आर्थिक क्षमता पनि छैन